झापा, पुष १४ । लैंगिक हिंसा नियन्त्रणका लागि सबै पक्षले आ–आफ्नो तह र तप्काबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आबश्यक भएको सरोकारवालाहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा आयोजित लैंगिक हिंसा न्यूनीकरण सम्बन्धमा सरोकारवाला निकायहरुको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले त्यस कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल , मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपाल बुढाथोकी ,गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले लैंगिक हिंसा नियन्त्रणमा स्थानीय सरकार अत्यन्तै संवेदनशील रहेको र त्यस्ता घटना नियन्त्रण, न्यूनीकरण र रोकथाम गर्न आफ्नो पालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । कार्यक्रमको अध्यक्षता गर्दै प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले प्रहरी प्रधान कार्यालयबाट जिल्ला तहमा राखिएको यस किसिमको कार्यक्रमले आपूmहरुलाई थप हौसला प्रदान गर्नुका साथै लैंगिक हिंसा नियन्त्रणमा सबै पक्ष र समूहहरुलाई आ–आफ्नो तह र तप्काबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जिल्लामा लैंगिक हिंसाको वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै स्वागत मन्तव्य राखेका थिए भने प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले ‘लैंगिक संवेदनशील विषयका कानुन कार्यान्वयनको अवस्था’ विषयमा प्रस्तुतीकरण गरि सहभागीहरुको जिज्ञाशा जवाफ दिएका थिए । सरोकारवाला संस्थाहरुको तर्फबाट शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले आफ्ना भोगाई तथा अनुभवहरु सुनाउँदै कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताएकी थिइन् ।

कार्यक्रममा पालिका प्रमुख तथा उप–प्रमुख, प्रादेशिक अस्पताल भद्रपुर झापाका मेडिकल सुपरिटेन्डेन्ट टंकप्रसाद बाराकोटी,सहायक प्रमुख जिल्ला अधिकारीहरु रुद्र न्यौपाने र विश्वराज नेपाल, भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत, नं २ सशस्त्र प्रहरी बल झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक नवराज बोहोरालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्