झापा , पुष १५ । भन्सार घोषणा नभएका मोबाइल आजदेखि नचल्ने भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले आज पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) पूणर्रूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास बिना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने जनाएको हो । मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले एमडिएमएस लागू गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्