झापा, पुष १५ । सोलुखुम्बुको सोताङ गाउँपालिका ५ स्थित हुँगा खोलामा एक बेवारिसे शव फेला परेको छ ।

सोताङ गाउँपालिका ४ र ५ हुँदै बग्ने उक्त खोलाको ढुङ्गाको छेउमा सडिसकेको अवस्थामा बिहीबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार बिहीवार साँझ करिब ५ बजे स्थानीयले शव भेटिएको बारे ईलाका प्रहरी कार्यालय सोताङमा खबर गरेका थिए । जानकारी पाएलगत्तै सोताङबाट खटिएको प्रहरी टोलिले सो स्थानमा पुगी घटनास्थल सुरक्षित गरेको छ । पहाडी मुलको जस्तो देखिने उक्त शवको लिङ्ग र वतन खुल्न नसकेको प्रहरी निरीक्षक मिश्रले बताए । शव सडिसकेको अवस्थामा रहेकाले पहिचान गर्न समस्या भएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्