हल्दिबारी, पुष १५। हल्दिवारीस्थित कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नोे ११ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

शुक्रबार हल्दिबारी–३ ढडुवामा एक कार्यक्रमको आयोजना गरि साधारणसभा मनाएको हो ।
सभाको प्रमुख अतिथि हल्दिबारी वडा नं–३ का वडा अध्यक्ष बिष्णुप्रसाद ओलीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा शिक्षाप्रेमी ओम मिश्र, शुभप्रभात साकोसका उपाध्यक्ष गोविन्द घिमिरे , महिला वडा सदस्य बिष्णुमाया ढुङ्गेल ,जेष्ठ नागरिक खड्गबहादुर थापालगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष नगेन्द्र आङ्वोले संस्थाले वार्षिक रुपमा गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता कुमारी मेचे, असल ऋणी दिनेश मेचे, उत्कृष्ट बाल तथा खुत्रुके बचतकर्ताको रुपमा उज्वल मेचेलाई पुरस्कृत एवम् सम्मान गरिएको थियो।

त्यस्तै संस्थाले ७ जना ज्येष्ठ नागरिकसंगै एकजना कर्मचारीलाई सम्मान गरेको थियो ।सम्मानित हुने ज्येष्ठ नागरिकमा फुर्नी मेचे,फूलमती मेचे,युवराज गिरी,गायत्रा दाहाल ,खडगबहादुर थापा,समरु ठाकुर र तुलसा दाहाल तथा कर्मचारी सन्तोष मेचे रहेका छन् । २०६५ सालमा स्थापित उक्त सहकारीमा हाल ९ सय १५ सदस्य रहेका छन् । सहकारीका अध्यक्ष आङ्वोको अध्यक्षता रहेको कार्यक्रम उपाध्यक्ष डिल्लीराम ढुङ्गेलले स्वागत मन्तब्य र सचिव बोधकृष्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्