कनकाई, पुष १६ । पूर्व प्रहरीहरुको संस्था नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिले तीनजनालाई सम्मान गरेको छ ।

सुरुङ्गास्थित कनकाई सामुदायिक वनको सभाहलमा सम्पन्न संगठनको तेस्रो अधिवेशनसहितको साधारणसभामा स्थानीय पत्रकार रामप्रसाद निरौलासहित पूर्व प्रहरी संगठन कनकाईका ज्येष्ठ सदस्यद्वय ८३ वर्षीय अग्नीप्रसाद नेपाल र ७२ वर्षीय दलबहादुर नेपाली सम्मानित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, विशिष्ट अतिथि प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवर, संगठनका नगर अध्यक्ष हरिप्रसाद सेडाईलगायतले दोसल्ला ओढाएर सम्मानपत्रका साथ सम्मान गरेको संगठनका सचिव अम्बरवहादुर लिम्वूले जानकारी दिए ।

साधारणसभाको बन्दसत्रले पूर्व प्रहरी संगठन कनकाई नगर समितिको अध्यक्षमा पुनः हरिप्रसाद सेडाईलाई सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा निरबहादुर थापा, सचिवमा अम्बरबहादुर लिम्वू, सहसचिवमा ज्ञानेन्द्रप्रसाद शिवाकोटी, कोषाध्यक्षमा दुर्गाबहादुर पौडेल र सहकोषाध्यक्षमा भगिरथ पाठक सर्वसम्मत चयन भएका छन्। त्यस्तै सदस्यहरुमा पर्शुराम चौधरी, भिमबहादुर दाहाल, लिलाबहादुर भण्डारी, रमेश शिवाकोटी र मनकुमारी त्रिखत्री चयन भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्