झापा , पुष १७ । पूर्वको चर्चित पर्यटकीय स्थल भेडेटारमा आइतबारदेखि जारी तीनदिने दसौं परिकार महोत्सवमा सांस्कृतिक झाँकीले आकर्षण बढाएको छ ।

मौलिक परिकारसहितका स्टल समावेश छन् । महोत्सव स्थलमा विभिन्न जिल्लासहित भारत, सिंगापुर, नेदरल्यान्ड्स र अमेरिकालगायतबाट पर्यटक सहभागी भएको आयोजकले जनाएको छ । होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा परिकार महोत्सव सुरु भएको हो । नृत्यमा सहभागी सिंगापुरकी चिङचिङ चोङले नेपाल सांस्कृतिक रूपमा धनी रहेको बताइन । महोत्सवमा परिकार, अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्री मुख्य आकर्षण रहेका छन् । आगन्तुकका लागि प्याराग्लाइडिङ, माउन्टेन बाइक र टुर प्याकेजको व्यवस्था गरिएको आयोजकले जनाएको छ । उसले ३० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखेको छ । महोत्सवमा आउने पर्यटकलाई साँगुरीगढी गाउँपालिकाभित्र रहेको ऐतिहासिक स्थल साँगुरीगढी, पाथीभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्मा बस्ने घर थुम्की, बौद्धविहार गुम्बा, ध्वजेडाँडा अजङ्गको वरको रूखघुमाइने जनाइएको छ । २०६८ देखि सुरु गरिएको महोत्सव कोभिडको समयमा २ वर्ष स्थगित गरिएबाहेक नियमित रूपमा सञ्चालनमा आएको आयोजक समितिका संयोजक शान्ति मादेन श्रेष्ठले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्