झापा, पुष १७ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-६ मैदेलमा एक घरमा आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको छ ।

file photo

गएराती अन्दाजी पौने २ बजे फुरी तामाङको ढुंगामाटोले बनेको र फुसको छानो भएको २ तले घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानबहादुर माझीका अनुसार चुलोबाट सल्किएको आगोले तामाङको घरसहित भित्र रहेको सम्पूणर् अन्नपात , भाडाबर्तन, लत्ताकपडा जलेर नष्ट भएको छ । घटनामा कुनै चौपाय तथा मानविय क्षति भने भएको छैन । आगो मुक्ली प्रहरी चौकीबाट खटिएका प्रहरी र स्थानीयको सहयोगमा घर पुणर् रुपमा जलेर नष्ट भएपछि विहान ३ः१५ बजे मात्रै नियन्त्रणमा आएको थियो । घरधनी तामाङ परिवार काठमाडौं बस्दै आएका थियो भने सो घरमा स्थानीय टंक गुरुङ बस्दै आएका थिए । आगलागीपछि गुरुङपरिवार हाल छिमेकीको शरणमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्