झापा , पुष १७ । इलाम र सुनसरी गरी दुई अलग-अलग ठाउँमा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।

इलाम नगरपालिका-१ साखेँजुङमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । आईतबार बिहान ८ बजे घरमा खेल्ने क्रममा आफ्नै बारीमा भएको पोखरीमा डुबेर घाईते भएकी हिमाल दाहालको छोरी २६ महिनाकी बालिका हिमान्सी दाहालको मृत्यु भएको हो । त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका-२ आठअर्डीमा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । शनिवार दिउँसो वनबाट दाउरा बोकेर घर आउदा भङ्गालो तर्ने क्रममा अचानक पानीमा डुबेर घाईते भएका २८ बर्षीय नरबहादुर मगरको चतरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ । दुवै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्