झापा , पुष १७ । मोरङको छुट्टा छुट्टै दुई स्थानहरुबाट प्रतिबन्धित लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार अपरान्ह ४ बजे प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका-१२ मा चेकजाँचको क्रममा ईटहरी उप-महानगरपालिका-१६ का मनिष राईको साथबाट AVIL–26, DIAZEPAM–20, DIAZELAB–5 र स्टिकर नभएको-२५ एम्फुल फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१६ हुलास चौकमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को २ ह ५१९३ नम्बरको अटो भित्र नाईट्राभेट-५० ट्याब्लेट फेला पारी चालक बिराटनगर-१२ का ३३ बर्षीय महेन्द्र कामत, अटोमा सवार ईटहरी-३ का २५ बर्षीय अभिषेक परीयार र सुन्दरहरैचा-१० का २३ बर्षीय दिपेश थापालाई पक्राउ गरेको हो । पक्राउ परेका चारैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्