एजेन्सी । विश्वका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका छन् ।

रोनाल्डोले साउदी अरबको फुटबल क्लब अल-नासरसँग १७७ मिलियन पाउण्ड (२८ अर्ब रुपैयाँ) को सम्झौता गरेका छन् , जसअन्तर्गत रोनाल्डो सन् २०२५ सम्म अल-नासरसँग रहनेछन् । रोनाल्डोको म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि उनको भविष्यका बारेमा धेरै अड्कलबाजी गरिएको थियो । सामाजिक सञ्जालमा यो रोनाल्डोको करियरको सूर्यास्त हो भनेरसमेत लेखिएको थियो । तर साउदी अरबको फुटबल क्लबसँगको यस्तो महँगो सम्झौतापछि केही समयका लागि यी अड्कलहरूमाथि विराम लागेको छ । रोनाल्डोसँग आवद्ध भएपछि साउदी प्रो लिग जितेको क्लबले आफ्नो टोलीलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्