झापा, पुष १९ । विराटनगर महानगरपालिका-४ स्थित साथीको घरमा पाहुना आएका एक जना युवकको सोमबार राति मृत्यु भएको छ ।

विराटनगर-१३ का २१ वर्षीय सौरव यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव आफ्ना साथी अनोज चौधरीको घर आएका थिए । अचानक बेहोस भएपछि उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले राति ८ बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ । यादवको मृत्युको कारण खुल्न बाँकी छ । उनी लागूऔषधका सेवनकर्ता रहेको दाबी प्रहरीको छ । लागूऔषधको मात्रा धेरै भएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्