झापा , पुष १९ । संखुवासभाको चैनपुर नगरपालिका-९ त्रिशुलेमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

सोमवार अपरान्ह ४ बजे आफ्नै घरमा भएको मिलमा मकै पिस्ने क्रममा करेन्ट लाग्दा घाईते भएका २९ बर्षीय शिवकुमार भण्डारीलाई उपचारको लागि चैनपुर अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्