झापा, पुष १९ । झापाको बुद्धशान्ति गाउँपालिकामा ट्रयाक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मंगलवार दिउँसो १.३० बजे बुद्धशान्ति गाउँपालिका वडा नं.३ झिल्मिले पुलस्थित मेची राजमार्गमा को २० प ३२७८ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ त ९७९७ नम्बरको ट्रयाक्टर एक आपसमा ठक्कर खाई दुर्घटना हँुदा मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका वडा नं. ८ बस्ने अन्दाजी २१ वर्षिय योसन लिम्बू र सोही मोटरसाइकल पछाडी सवार मोरङ बेलबारी नगरपालिका वडा नं. ४ बस्ने अन्दाजी १७ वर्षिया लिला श्रेष्ठ घाइते भएका थिए ।

घाइतेहरुलाई उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोड पठाइएकोमा योसन लिम्बूको उपचारको क्रममा दिउँसो बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रयाक्टर, मोटरसाइकल र ट्रयाक्टर चालक इलाम रोङ गाउँपालिका वडा नं.४ बस्ने ३३ वर्षिय डिल्लीबहादुर लेप्चा प्रहरीको नियन्त्रणमा रहेको साथै सो घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्