बिर्तामोड, पुष १९ । बिर्तामोड–३ विराटपोखरीस्थित विश्व हिन्दु महासंघ झापाको परिसरमा राजवंशी परिवारको सहयोगमा ब्यास निर्माण भएको छ।

बिर्तामोड–३ सतानुबारी सैनिकमोड टोल निवासी भेलकोट राजवंशीको परिवारले ब्यास निर्माण गरिदिएका हुन्। आफ्ना नातिनी आश्मा राजवंशीको स्मृतिमा राजवंशी परिवारले ब्यास निर्माण गरिदिएको विश्व हिन्दु महासंघ झापा शाखाका अध्यक्ष मोहन उप्रेतीले जानकारी दिए।
करिब ८ फुट लम्बाई र ४ फुट चौडाई भएको पक्की ढलान गरेर ब्यास निर्माण गरिएको हो। साथमा २२ फुट अग्लो त्रिशुलसमेत सोही स्थानमा रहेको पंचमुखी ज्योतिर्लिङ्ग बजरंगबली मन्दिरमा राजवंशी परिवारकै पहलमा राखिएको समेत उप्रेतीले जानकारी दिए।

आगामी एक कार्यक्रमबीच ब्यासलाई औपचारिक हस्तान्तरण गरिने राजवंशी परिवारले जानकारी गराएको त्यहाँस्थित मन्दिरका पूजारी याम खतिवडाले बताए । स्व. आश्मा राजवंशीको गत बैशाख २६ गते तीन बर्षको अल्पायुमै विराटपोखरीमा डुबेर मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्