झापा, पुष २० । आगलागीमा परी पाँचथरको फिदिम नगरपालिका ८ मा २ जनाको मृत्यु भएको छ ।

स्थानीय मेगबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी र बुहारीको मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा गुरुङकी बुहारी २३ वर्षीया आसानसिंह थेबे र २२ वर्षीय छोरी ममता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीमा परी ५५ वर्षीय मेघबहादुर गुरुङ र छोरा बिजेन्द्र गुरुङ घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारार्थ पाँचथर अस्पतालमा लगिएको छ ।

उक्त घरमा ७ जना सुतेकोमा २ जनाको ज्यान गएको‚ २ जना घाइते भएको र ३ जना भागेर बच्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले बताए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट डीएसपी खतिवडा नेतृत्वको टोली पुगेर आगो नियन्त्रणसँगै उद्धार गरेको थियो । आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।विधुत सर्ट भएर आगलागी भएको आशंका गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्