झापा , पुष २० । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप अत्याधिक बढेको छ ।

मौसम प्रतिकूलताका कारण पछिल्लो केहि दिन उडान ठप्प हुँदा अहिले लुक्लाबाट फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । अहिले तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट दैनिक ७ वटाभन्दा बढी उडान भइरहेका छन् भने अधिकांश विमानमा फर्किने यात्रुको चाप अधिक रहेको प्राधिकरणका प्रमुख महेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार काठमाडौं तथा मन्थलीबाट अधिकांश विमानले कार्गो लिएर आउने गरेका छन् भने फर्किदा लुक्लाबाट यात्रु लिएर जाने गरेका छन् । चिसो छल्न खुम्बु छोड्ने स्थानीयको संख्या बढेसँगै फर्किने यात्रुको चाप अधिक भएको हो । जसका कारण एयरलाइन्सहरुको टिकट काउन्टरमा पनि यात्रुको चाप अधिक रहेको बताइएको छ । मौसमका कारण पुस १४ गतेबाट उडान ठप्प बनेको लुक्लामा मौसममा सुधार भएसँगै सोमबारबाट नियमित उडान भइरहेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्ला सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्