झापा, पुष २० । नेपाल क्रिकेट संघ (क्यान) ले जारी टी-२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ नभएको स्पष्ट पारेको छ ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बुधबार विज्ञप्ति जारी गर्दै म्याच फिक्सिङ भएको सूचनाप्रति क्यानको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । क्यानले म्याच फिक्सिङको बारेमा जानकारी भए प्रमाणसहित आउन चुनौती दिएको छ । क्यानले निकालेका विज्ञप्तिमा भनिएको छ, ‘म्याच फिक्सिङको जानकारी भए प्रमाणसहित क्यानमा वा जारी लिगको एन्टी करप्सन युनिटमा उजुरी बुझाउन संघ विनम्र अनुरोध गर्दछ ।’ क्यानले नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरि फैलाइएको यस्ता गतिविधि अन्त्य गर्न नेपाल क्रिकेट संघ प्रतिवद्ध रहेको समेत स्पष्ट पारेको छ।