झापा, पुष २० । आज साँझ झापाको कमल गाउँपालिकामा दुईवटा स्कुटी र एउटा मोटरसाइकल एकापसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

साँझ ६.५० बजे कमल गाउँपालिका ५ लवडाँडास्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र१–०१–०१६ प २०९४ नं. को स्कुटी विपरित दिशाबाट आउँदै गरेको मे २ प २१५७ नं. को मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ नै आउँदै गरेको प्र १–०१–०१५ प ७४८७ नं. को अर्को स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा मे २ प २१५७ नं. को मोटरसाइकलका. चालक मोरङ मिक्लाजुङ गाउँपालिका ७ बस्ने ३८वर्षिय नरेन्द्र सेलिङलाई उपचारको लागि लाईफलाईन अस्पताल दमक पठाईएकोमा बाटोमा नै उनको मृत्यु भएको हो । मृतकको शव दमक अस्पताल दमक पठाईएको छ । सोहि मोटरसाइकलमा पछाडि सवार झापा शिवसताक्षी ९ बस्ने २४ वर्षिय मनोज लिम्बू घाइते भई उनको लाईफलाईन अस्पताल दमकमा उपचार भईरहेको छ । प्र१–०१–०१६ प २०९४ नं. को स्कुटी चालक ईलाम चुलाचुली १ बस्ने ३५ वर्षिय सन्तोष लिम्बू, प्र १–०१–०१५ प ७४८७ नं. को स्कुटी चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका २ बस्ने २४ वर्षिय तेजराज कटुवाल र तीनै वटा सवारीसाधन ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसनत पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्