झापा, पुष २१ । नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईलाई मातृशोक परेको छ ।

कान्तिपुर दैनिकका संवाददाता समेत रहेका भट्टराईकी आमा राधिकादेवीको ७४ वर्षको उमेरमा बिहीबार बिहान ३ बजे निधन भएको हो । भट्टराई लामो समयदेखि ठूलो आन्द्राको क्यान्सरबाट पीडित थिइन् । उनका ३ छोरा, ३ बुहारी, २ छोरी, २ ज्वाइँ र नाति-नातिना छन् ।