झापा, पुष २१ । मोरङमा सवारी दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ ।
मोरङको उर्लाबारी नगरपालिका-७ स्थित इटहरी सडक खण्डमा प्रदेश १-०२-०४२ प ८४०४ नम्बरको स्कुटरले ठक्कर दिदा घाईते भएका पैदल यात्री ६५ बर्षीय खड्काबहादुर लिम्बूको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । घटनामा संलग्न ठक्कर दिने स्कुटर चालक मोरङका १८ बर्षीय उत्तम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।




