झापा , पुष २१ । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) गएका झापाका एक युवक विगत एक वर्षदेखि सम्पर्कविहीन बनेका छन् ।

चार वर्षअघि युएई गएका कचनकवल गाउँपालिका-३ डागीवारी निवासी ३७ वर्षीय आदेश माझी एक वर्षदेखि परिवारजनसँग सम्पर्कविहीन बनेका हुन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण आदेश २०७५ सालमा युएई उडेका थिए । ‘श्रीमान् तीन वर्षसम्म नियमित सम्पर्क हुनुहुन्थ्यो, तीन वर्षमा ६० हजार मात्र पैसा पठाउनुभयो, गत माघदेखि एकाएक उनी सम्पर्कविहीन हुनुभयो ’, ’उनकी श्रीमती वनिताले भनिन् । बिर्तामोडका म्यानपावर व्यवसायी तुलसी श्रेष्ठमार्फत युएई गएका श्रीमान् त्यहाँ चाइना स्टन कम्पनीमा लिफ्ट अपरेटरको काम गएको उनले बताइन् । सम्पर्कविहीन भएका श्रीमानको खोजी गरिदिन उनका श्रीमती वनिताले सम्बन्धित निकायसँगै विदेशमा रहेका सम्पूणर् दाजुभाइ तथा दिदीबहिनीहरूसमक्ष अपिल गरेकी छन् । आदेशको घरमा हाल श्रीमतीसँगै दुई छोरा र एक छोरी रहेका छन् । श्रीमान् नहुँदा वनितालाई छोराछोरी हुर्काउन समस्या परिरहेको छ । वनिता घरपरिवार चलाउन ज्याला मजदुरीको काम गर्दै आइरहेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्