झापा , पुष २१ । सरकारले कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप दिनका लागि यही माघ १९ गतेभित्र १५ लाख डोज खोप ल्याउने भएको छ ।

स्वास्थ्य सेवा विभागका अपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो चरणमा माघ १९ गते १५ लाख डोज खोप ल्याउन लागिएको हो । सरकारले बुस्टरका लागि फाइजर खोप कोभ्याक्स सुविधामार्फत् ल्याउन लागेको हो । उक्त खोप १२ वर्षमाथिका दुई डोज खोप पूरा गरेका नागरिकलाई दिइनेछ । कोभ्याक्सलाई थप १५ लाख डोजका लागि पनि पत्राचार गरिएको र त्यसपछि मागका आधारमा थप खोप ल्याइने चौरासियाले बताए । बुस्टर डोजपछि सरकारले कोभिड-१९ विरुद्धको चौथो डोज खोप दिने तयारी गरेको छ । यसलाई ‘दोस्रो बुस्टर मात्रा’ भनिएको छ । परिवार कल्याण महाशाखाले चौथो डोज खोप दिने निणर्य गत कात्तिक २० गते गरेको थियो । महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालका अनुसार १२ वर्षमाथिका पहिलो बुस्टर डोज लगाएका नागरिकलाई उक्त खोप दिइनेछ । दोस्रो बुस्टर मात्रा दिनका लागि हाललाई ६ वटा समूह छुट्याइएको छ । त्यसमा ५५ वर्ष वा सोभन्दा माथिका सबै नागरिक, रोगप्रतिरोध क्षमता कम र धेरै कम भएका बिरामी, दीर्घरोग भएका बिरामी, गर्भवती र स्वास्थ्यकर्मीहरु रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्