पथरीशनिश्चरे,पुष २१ । मोरङको केराबारी गाउँपालिका वडा नं ५ घेदुङ चौकको २ वटा घरमा आगलागी हँुदा करिब ३८ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बुद्धिबहादुर तामाङ (झाक्री कान्छा) र टिकामाया तामाङको घरमा आगलागी हुँदा उक्त क्षति भएको इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायव निरीक्षक बिपिन थापाले बताए।

बिहीबार बिहान करिब ५ः३० बजेको समयमा बिद्युत् सर्ट भई आगलागी भएको थियो । काठको घरभित्र रहेका फर्निचर, लत्ताकपडालगायत सम्पूर्ण सामानहरु आगलागीमा नष्ट भएको थियो । आगलागी भएपछि इलाका प्रहरी कार्यालय केराबारीको टोली, स्थानीय र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्