झापा, पुष २२ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्नेका लागि छुटेको यात्रुवाहक बस खुसार्ने पुग्नै लाग्दा राति १० बजेतिर मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो ।

ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको ज्यान गएको हो । दुर्घटनामा परी ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनी गाहा, २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको वडा नं. ८ का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए ।

पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीय बासिन्दाले उद्धार गरेको स्थानीय प्रहरी चौकी जुठापौवाका वरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए । दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाध्यक्ष रानाले बताए । घटनास्थल सालझण्डी–९ढोरपाटन सडकखण्डअन्तर्गत रुपन्देहीको सालझण्डीदेखि झण्डै १० किलोमिटरको दुरीमा पर्दछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्