झापा, पुष २२ । सुनसरीको इटहरी उप-महानगरपलिका-१३ बाट स्कुटर चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वर्दिवास नगरपालिका-२ महोत्तरीका ३० बर्षीय राम दुलार महत्तो रहेका छन् । बुधबार बेलुका इटहरी-१३ का रोशन चौधरीको घर अगाडी पार्कीङ गरी राखेको को ३३ प ८५५३ नम्बरको स्कुटर चोरी गरी लादै गरेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका महत्तोको ईलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्