झापा , पुष २२ । सरकारले कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउने निणर्य गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कम्बोडियामा आगलागीमा परेर निधन भएका पाण्डेको शव ल्याउन लाग्ने खर्चको व्यवस्था गर्ने निणर्य गरेको हो । सरकारका प्रवक्ता विष्णु पौडेलले उनको शव ल्याउन लाग्ने खर्च जति लागे पनि सरकारले व्यहोर्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्