हल्दिबारी, पुष २२ ।हल्दिबारी गाउँपालिका वडा नं.–३ वडा सदस्य कर्णबहादुर भण्डारीलाई मातृशोक परेको छ ।

उनका माता गोमादेवी भण्डारीको शुक्रवार साँझ ५ बजेर २० मिनेटमा हल्दिबारी वडा नं. ३ स्थित निजी निवासमा ९० वर्षको उमेरमा निधन भएको हो ।

स्व. भण्डारीका तीन छोरी र पाँच छोरा रहेका छन् । पार्थिव शरीरको दाहसंस्कार गर्नेे कार्यक्रमका लागि सल्लाह भइरहेको परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्