झापा , पुष २३ । चालू आर्थिक वर्ष २०७९/८० को ५ महिनाको अवधिमा नेपालबाट १ करोड ८२ लाख रुपैयाँको च्याउ निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको नेपालबाट फ्रान्स र संयुक्त अरब इमिरेट्स (यूएई)मा च्याउ निर्यात हुने गरेको छ । विभागका अनुसार फ्रान्समा १ करोड ८२ लाख २२ हजार रुपैयाँको च्याउ निर्यात भएको छ । यस्तै, यूएईतर्फ १३ हजार रुपैयाँको च्याउ निर्यात भएको विभागले जनाएको छ । तथ्यांकअनुसार फ्रान्समा ७७९ किलो र यूएईमा १३० किलो च्यायसबाहेक, यस अवधिमा २४ लाख ६३ हजार रुपैयाँको फलफूल तथा क्याप्सिकम निर्यात भएको छ । यस्तै , ५० लाख ७२ हजार रुपैयाँ बराबरको फ्रेस तरकारी समेत निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्