झापा, पुष २३ । काठमाडौं नाइट्सलाई पराजित गर्दै विराटनगर सुपर किंग्स नेपाल टी-ट्वेन्टी लिग क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार बिहान भएको खेलमा काठमाडौं नाइट्सलाई ७ विकेटले पराजित गर्दै विराटनगर प्लेअफमा पुगेको हो । काठमाडौंले दिएको १ सय ५५ रनको लक्ष्य विराटनगरले ८ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्‍यो। विराटनगरका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६६ रनको सानदार योगदान गरे । गौरांशु शर्मा ५१ र विवेक यादव १० रनमा अविजित रहे । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । उनका लागि सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४ र सन्दीप रिजालले ३० रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल २२ र बसिर अहमद १७ रनमा नटआउट रहे । शीर्ष स्थानको लुम्बिनी अल स्टार्स र दोस्रो स्थानको जनकपुर रोयल्स भने यसअघि नै प्लेअफमा गइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्