झापा, पुष २४ । लागूऔषध नियन्त्रणमा प्रहरी सक्रिय भएर लागेसंगै लागूऔषध प्रयोगकर्ता र कारोबारीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

प्रहरीले दिनहुँ त्यस्ता लागूऔषधमा संलग्नहरुलाई पक्राउ गर्न थालेको हो । यसक्रममा आइतवार दुईजना पक्राउ परेका छन् । दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.७ मा सोही ठाउँ बस्ने २३ वर्षिय ओम पोर्तेललाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै भद्रपुर नगरपालिका वडा नं.४ मा सोही ठाउँ २२ वर्षिय महमद सवर अन्सारीलाई लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १६ ग्राम ६०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए ।यसअघि शनिवार पनि तीनजना पक्राउ परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्