झापा, पुष २५ । झापाको दमकस्थित लाइफलाइन अस्पताल अगाडी मोटरसाइकलको ठक्करबाट घाइते बृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।
शुक्रवार राति १०.३० बजे उत्तर –दक्षिण बेलडाँगी सडकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–०१६प ६८६ नम्बरको मोटरसाइकलको ठक्करबाट दमक ६ का ८१ बर्षिय कमलकुमार राई घाइते भएका थिए ।
घाईते राईको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा आइतवार दिउँसो ३.१५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्सपेक्टर अशोक जवेगुले बताए । मोटरसाइकल चालक दमक १ का १८ बर्षिय आयुष राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।