झापा , पुष २५ । नेपालमा मौद्रिक उपकरणको रूपमा कानुनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार हालका दिनमा बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणको अनुगमन महाशाखाले जनाएको छ ।

अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाईन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने व्यवस्ता गर्न प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन जारी गरेको छ । प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐन बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्