झापा, पुष २५। बिर्तामोड ४ स्थित माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीसहित करिब डेढ दर्जनलाई सम्मान गरेको छ ।

सोमवार आयोजित १४ औं वार्षिक साधारणसभामा उत्कृष्ट पत्रकारको रुपमा राजवंशीलाई सम्मान गरिएको हो । त्यस्तै संस्थाका अध्यक्ष घनश्याम चौधरीलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट बचतकर्ता लालबाबु शाह , मनोज चौधरी , बरुणकुमार जयसवाल , अनन्तलाल महत्तो ,सन्तोष शाह , सकुन्तला राजवंशी , उत्कृष्ट ऋणी बिना मैनाली पाठक , मुना वहावत , उत्कृष्ट कर्मचारी संगीता ओली ,एसईईमा उत्कृष्ट ह्रदय राजवंशी , स्नेहा गुप्ता , आदित्य राजवंशी , कृष गुप्ता , प्रियंका शाह र रशिक खतिवडालाई नगदसहित सम्मान गरिएको हो ।

बिर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्ष राहुलकुमार शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।उनले हाल १९८५ जना शेयर सदस्य रहेको संस्थाको चुक्ता पुँजी १ करोड ९३ लाख ७६ हजार ९०० रुपैयाँ रहेको जानकारी दिँदै आगामी वर्ष शेयर पुँजी २ करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको बताए । त्यस्तै निक्षेप संकलन ३८ करोड ८८ लाख ६१ हजार ७०२ र निक्षेप फिर्ता ४० करोड ५१ लख ७८ हजार २३२ रुपैयाँ रहेको जानकारी दिए । आर्थिक वर्ष २०७८–०७९ मा संस्थाले ३ लाख ३९ हजार २२० रुपैयाँ मुनाफा आर्जन गरेको अध्यक्ष चौधरीले बताए ।

चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष शर्मा , विशेष अतिथि बिर्तामोड ३ का निवर्तमान वडाध्यक्ष भोजराज सिटौला , संस्थाका संस्थापक अध्यक्ष धर्मराज माझी, गौरवशाली बचत तथा ऋण सहकारी संसथाका अध्यक्ष लवकुमार चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष देवेन्द्रकुमार सिंहले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव संजयकुमार शर्माले गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , रेडक्रस सोसाइटी बिर्तामोडका निवर्तमान सभापति सजेश शिवाकोटी ,बचत तथा ऋण सहकारी संघका बिर्तामोड इन्चार्ज विनोद न्यौपाने , छठ समाज सेवा समितिका अध्यक्ष राजकुमार गुप्ता ,धौलागिरी पारिजात सहकारीका अध्यक्ष कृष्ण पौडेल , हाम्रो नेपाल साकोसका उपाध्यक्ष राजेन्द्र गौतमलगायतको उपस्थिति रहेको व्यवस्थापक दीपक साफीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्