झापा, पुष २७ ।नेपालको पूर्वी क्षेत्रमा सिसाको थोक बिक्रेताको रुपमा रहेको सनलाइट इन्भेष्टमेन्ट प्रा.लि.को मंगलबार सम्पन्न छैठौं साधारणसभा तथा बिशेष अधिवेशनले पुनः पदमलाल भट्टराईको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरेको छ।

समितिको सचिवमा युवराज निरौला तथा सदस्यहरुमा तुलसीनाथ पौड्याल, रिंगकुमार आचार्य र दुर्गा थपलिया रहेका छन्। यसैगरी सोही अधिवेशनले भरतकुमार भट्टराईको नेतृत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन गरेको छ। समितिको सदस्यहरुमा चन्द्रप्रसाद भट्टराई र कृष्ण पुरी रहेका छन्।

साधारणसभामा अध्यक्ष पदम भट्टराईले संस्थाको बार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए भने सचिव भरतकुमार भट्टराईले वित्तीय प्रतिवेदन र लेखा संयोजक युवराज निरौलाले लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए। सभाले सबै प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरेको छ ।

सभामा संस्थाले प्रतिकुल परिस्थितिमा पनि ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको अध्यक्ष भट्टराईले जानकारी दिए। सभामा संस्थाको बार्षिक कारोबार करिब ९ करोड रहेको जानकारी दिइएको थियो।संस्थाका सदस्य रीता निरौलाले स्वागत गरेको कार्यक्रम सदस्य तुलसीनाथ पौड्यालले संचालन गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्