झापा, पुष २७ । मेचीनगर ६ स्थित निन्दा पुलमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

हिजो साँझ ७.३० बजे निन्दा पुलको बीच भागमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे २ प ७०९२ नं. को मोटरसाइकललाई सोहि दिसातर्फ जाँदै गरेको मे ५ प १९४३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किई पछाडीबाट ठक्कर दिँदा मे ५ प १९४३ नं. को मोटरसाइकलका चालक मेचीनगर १ बस्ने ३३ वर्षिय सुसाहाङ नेम्वाङको मृत्यु भएको हो । टाउकोमा चोट लागेर गम्भीर घाईते भई उपचारको लागि बि.एन्ड सी. अस्पताल बिर्तामोड लगिएकोमा राति ८.२० डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै मे २ प ७०९२ नं. को मोटरसाइकलका चालक मेचीनगर १० बस्ने ५३ वर्षिय सूर्यनारायण चौधरी घाईते भई एन्जल मेडिकल धुलाबारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्