भद्रपुर, पुष २७ । भद्रपुर नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको साडी प्रहरीले बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोली मंगलबार बेलुका साढे ७ बजे भद्रपुर नगरपालिका– ५ मेची किनारास्थित काँसघारीमा ल्याएर राखेको करिब ४० हजार मूल्य बराबरको साडी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको साडीलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै अस्थायी प्रहरी पोस्ट ईटाभट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति मेचीनगर नगरपालिका– ७ स्थित ईटाभट्टा चोक चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको ३२ हजार मुल्य बराबरको किराना सामान बरामद गरेको छ । बरामद गरिएको सामानलाई मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्