एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ ।
विश्व विजेता लियोनल मेस्सीले विश्वकप पछि खेलेको खेलमा पीएसजीले जित निकाल्न सफल भएको हो । घरेलु मैदानमा भएको खेलमा पीएसजीले एन्जर्सलाई २-० गोल अन्तरले हरायो । पीएसजीका लागि खेलको पाँचौं मिनेटमा ह्युगो इकिटिकले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । खेलको ७२औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २-० गोलको जित दिलाए । जितसँगै पीएसजीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । लिगमा १८ खेल खेलेको पीएसजीको ४७ अंक छ । दोस्रो स्थानको लेन्सको ४१ अंक छ । पराजित एन्जर्स ८ अंक जोडेर तालिकाको पुछारमा छ ।