झापा , पुष २८ । नेपालगञ्जमा दादुरा संक्रमण बढ्दै गएपछि संक्रमण रोक्न नेपालगञ्ज उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द भएका छन् ।

उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू पुस २८ र २९ सम्म बन्द गर्ने निणर्य गरेको हो। ‘हाल नगर क्षेत्रमा देखा परेको दादुरा तथा रुबेला रोगका कारण महामारी फैलन सक्ने संभावना देखिएकाले यस उपमहानगरपालिका भित्र सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा पूर्व निर्धारित परीक्षाहरुलाई असर नगर्ने गरी २८ देखि २९ गतेसम्म सार्वजनिक बिदा गर्न हुन यो सूचना प्रकाशित गरिएको छ।’ नेपालगञ्ज उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ। पुसको दोस्रो हप्तादेखि नेपालगन्जमा फैलिएको दादुरा संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन। उपमहानगरपालिकाको वडा नं ५ मा पुस १३ गतेदेखि दादुराका पहिलो बिरामी देखिएका थिए। वडा नं ५ बाट सुरु भएको दादुराको सङ्क्रमण हाल नेपालगन्ज उपमहानगरपालिकाको वडा नं ७, ८, ९, १०, ११, १५ र २२ मा फैलिसकेको छ भने संक्रमित बालबालिकाको संख्या १०० जनाभन्दा बढी पुगिसकेको छ । हाल नेपालगन्ज उपमहानगरपालीका, प्रदेश सरकार, विश्व स्वास्थ्य संगठन, युनिसेफ र संघस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिहरु केही दिनयता दादुरा फैलिएको स्थानीय तहमा पुगेर संक्रमण नियन्त्रणको प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्