झापा, पुष २८ । लागूऔषध (गाँजा)मुद्धामा फरार रहेकी एक महिला प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नं.३ बस्ने ३८ वर्षिया भिमकुमारी लिम्बू लावती रहेकी छन् । झापा जिल्ला अदालतको २०७७ असोज १५ गतेको फैसला अनुसार लागूऔषध (गाँजा)मुद्धामा उनलाई ७ महिना कैद र रु.२ हजार जरिवाना तोकिएको थियो । फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो ।
बिहीवार झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।