झापा , पुष २९ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत आज लिने भएका छन् ।

प्रदेशसभाको दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्। नेपालको संविधान २०७२ को धारा १६८ (४) मा मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । गएको पौष २४ गते ६० जना सांसदहरुको समर्थनमा उनी प्रदेश १ सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा एमाले संसदीय दलका नेता कार्कीलाई एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थन छ । ९३ सदस्यीय प्रदेश सभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरि ६० सांसद छन् । प्रतिपक्षमा भने नेपाली काँग्रेसका २९ र एकीकृत समाजवादीका ४ सांसद छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्