झापा, पुष २९ । बिर्तामोड ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाका रुद्रप्रसाद सिटौला जिल्लाकै उत्कृष्ट व्यवस्थापकको रुपमा पुरस्कृत भएका छन् ।

झापा जिल्ला सहकारी संघको २६ औं वार्षिक साधारणसभाको अवसरमा उनलाई उत्कृष्ट व्यवस्थापकको रुपमा पुरस्कृत गरिएको हो । ५ हजार ५५५ रुपैयाँ राशिसहित दोसल्ला र सम्मानपत्रले उनलाई पुरस्कृत र सम्मानित गरियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख विश्वराज बराल , राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटा, कार्यक्रमका अध्यक्ष झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललगायतले पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए । त्यस्तै उत्कृष्ट महिला व्यवस्थापकको रुपमा हिमाञ्चल बचत तथा ऋण सहकारी संस्था लि.की अरुणा राई पुरस्कृत भएकी छन् ।

२०२८ असार १९ गते पिता गणेशकुमार सिटौला र माता मन्दरादेवी सिटौलाको पुत्रको रूपमा जन्मेर बिर्तामोड नगरपालिका वडा नं. ३, मा स्थायी रूपमा बसोबास गर्दै आएका सिटौलाले २०६३ सालदेखि सहकारी क्षेत्रमा प्रवेश गरी विराट बहुउद्देश्यीय सहकारी संस्थाको सचिव, कार्यकारी प्रमुख हुँदै हाल प्रबन्धकको रूपमा निरन्तर जिम्मेवारी सम्हालिरहेका छन् । कार्यकुशलता, नियमितता, विषय सम्बन्धी ज्ञान, क्रियाशीलतालगायतको मूल्याङ्कन गर्दै ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सिटौलालाई पुरस्कृत गर्ने घोषणा गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्