झापा, पुष २९ । झापाको अर्जुनधारामा लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका– ७ निवासी २६ वर्षीय विकाश राजवंशी र सोही ठाउँका २४ वर्षीय निर्मल भुजेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।
प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका– ६ स्थित महानन्द चौकमा शुक्रबार साँझ ७ बजे उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा ११ ग्राम ब्राउनसुगर बरामद गरेको थियो । ब्राउनसुगरसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।