कुमरखोद पुष ३० । झापा गाउँपालिका वडा नं २ झापा बजारमा रहेको कुमरखोद साना किसान कृषि सहकारी संस्थाले आठौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाकी अध्यक्ष सुजता पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि झापा गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलिया रहेकी थिईन् । संस्थाकी अध्यक्ष पोखरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ६२९ जना शेयर सदस्य रहेको संस्थामा महिला ५८२ जना र पुरुष ४८ जना सदस्य रहेको जानकारी दिइन् । संस्थाले ऋण लगानी जम्मा रु २ करोड ३६ लाख ८३ हजार ५ सय २४ रुपैयाँ गरेको छ भने बैकबाट ऋण १ करोड २९ लाख रुपैयाँ लिएको छ । त्यस्तै संस्थाको शेयर पुँजी ३९ लाख ८० हजार ५ सय रुपैयाँ छ भने जम्मा कुल बचत ५५ लाख ६२ हजार १५ रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७८–७९ मा कुल आम्दानी ३९ लाख ८० हजार ३ सय ३७ रुपैयाँ गरेको संस्थाले खर्च ३३ लाख ६० हजार २ गरी ६ लाख २० हजार ३ सय ३४ रुपैयाँ मुनाफा गरेको पोखरेलले बताइन् । कार्यक्रमका प्रमुख अतिथि थपलिया र विशिष्ट अतिथि हिमालकुमार चम्लागाईले संस्थामा उत्कृष्ट हुने समूहहरुलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । यस संस्थामा १२८ वटा अन्तर समूहहरु रहेका छन् ।

अन्तर समूहबाट उत्कृष्ट हुने ऋणी समुह नं. १ विलायतीवाडीका सुरजकला कोच असल बचतकर्ता , समूह न २ सितुमारीका हुमाकुमारी कार्की असल कृषि व्यवसाय , समूह नं ३ रसुनगन्जका रुवी यादव उत्कृष्ट बचतकर्ता , समूह नं. ५ का राजकुमार राजवंशी असल शेयर सदस्य , समूह ६ का कृति कार्की पहिलो बालबचतकर्ता , समूह ७ का सदिक्षा बस्नेत उत्कृष्ट बालबचतकर्ता र समूह ८ का लीलामाया कार्की उत्कृष्ट पशुपालन व्यवसाय , उत्कृष्ट जेष्ठ नागरिक बचतमा समूह नं. ७ का सावित्रा सुवेदीलगायतका किसानहरु सम्मानित भएका हुन् । त्यसैगरी संस्थापक अध्यक्ष विनोदकुमार भुजेललाई विशेष सम्मान गरिएको थियो ।

संचालक समितकी सदस्य पवित्रा राउतले स्वागत मन्तव्य गरेको कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिका उपाध्यक्ष थपलिया, राजकुमार यादव , हिमालकुमार चम्लागाई , केशव कटुवाल , सुन्दरलाल गणेशलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा राजकुमार कोच , वावरी परियार , कृष्ण केवरत , कोकिल राजवंशी , रुपलाल गणेशलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन संस्थाका प्रवन्धक रुपक राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्