झापा, माघ २ । पोखरामा यति एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटना परेको स्थानबाट शब निकाल्ने क्रम जारी छ ।

नयाँगाउँस्थित सेती नदीको खोचको अफ्ठ्यारो स्थानमा रहेका शव आज बिहानैबाट निकाल्न थालिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार हिजो बेलुका ६६ वटा शव संकलन भइसकेको र बाँकी रहेका शव बिहानदेखि निकाल्न थालिएको छ । शव संकलनमा नेपाली सेना, सशस्त्र, प्रहरी र स्थानीय जुटेका हुन् ।

विमानमा सवार ७२ जनामध्ये हालसम्म ६७ जनाको शव संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ । बिहान ९ बजेबाट संकलन गरिएका शवको पोष्टमार्टम गर्ने, पहिचान भएकाको आफन्तलाई जिम्मा लगाइने प्रजिअ केसीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्