झापा, माघ २ । पोखराको सेती नदी खोँचमा दुर्घटना भएको यती एअरलाइन्सको विमानको भग्नावशेषमा ब्ल्याक बक्स भेटिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले ब्ल्याक बक्स सुरक्षित भेटिएको बताए । उनले भने, ‘ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ । विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन , आज त्यो भेटियो । ’ आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यती एअरलाइन्सको ढल्-ब्ल्ऋ, ब्त्च्-ठद्द छण्ण् विमान दुर्घटनाग्रस्त भएको थियो । काठमाडौंबाट पोखरा पुगेको उक्त विमान घारीपाटनस्थित मानव बस्तीबाट करिब २०० मिटर मात्रै पर सेती नदीको खोँचमा खसेको हो । विमानमा सवार कुल ७२ जनामध्ये ६८ जनाको शव भेटिएको छ भने हराइरहेका चार जनाको खोजी भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्