एजेन्सी । बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

रियल म्याड्रिडलाई ३-१ गोल अन्तरले हराउँदै बार्साले उपाघि जितेको हो। साउदी अरबको रियादमा आइतबार राति भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन रियल लज्जास्पद हार व्यहोर्न पुग्यो । किङ फाद इन्टरनेसनल स्टेडियममा बार्सिलोनालाई च्याम्पियन बनाउन गाभी , रोबर्ट लेवान्डोस्की र पेड्रीले गोल गरेका थिए । रियलका कप्तान करिम बेन्जेमाले एक गोल फर्काएका थिए। खेलको ३३ औं मिनेटमा १८ वर्षीय गाभिले रोबर्ट लेवान्डोस्कीको पासबाट गोल गर्दै बार्सिलोनालाई सुरूआती अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा गाभिकै पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २-० ले अग्रता दिलाए । पहिलो हाफमा २-० ले अगाडी रहेको बार्साका लागि दोस्रो हाफको ६९ औं मिनेटमा गाभीको पासमा पेड्रीले गोल गर्दै खेलमा बार्सिलोनाले ३-० को अग्रता बनायो । करिम बेन्जेमाले खेलको इन्जुरी समयमा गोल गर्दै अन्तर घटाए पनि हार जोगाउन सकेनन्। बार्सिलोनाले सन् २०१८ पछि पहिलो पटक सुपर कपको उपाधि उचाल्यो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्