एजेन्सी । कोलम्बियन गायिका साकिराको नयाँ गीतले युट्युबमा नयाँ रेकर्ड बनाएको छ ।

आफ्ना पूर्वप्रेमी फुटबल खेलाडी जेरार्ड पिकेको व्यवहारबारे उनले तयार गरेको गीतले ‘युट्युब भ्युज’मा रेकर्ड बनाएको हो । एक दशकसम्म प्रेम गरेको पूर्वप्रेमी पिकेले दिएको धोखाको विषय समेटेर साकिराले तयार गरेको गीतले युट्युबमा रिलिज भएको २४ घण्टामा ६३ मिलियन भ्युज पाएको छ । उक्त समयमा ल्याटिन गीतले पाएको यो सबैभन्दा बढी भ्युज हो । सन् २०२२ मा ४५ वर्षीया साकिराले ३५ वर्षीय पिकेसँगको १० वर्ष लामो प्रेमसम्बन्धलाई टुंग्याएकी थिइन् । उनीहरुको दुई बच्चासमेत भएको बीबीसीले लेखेको छ । चार मिनेटको पप गीतमा पहिलोपटक साकिरा र अर्जेन्टिनाका निर्माता तथा डीजे बिजरापले सहकार्य गरेका छन् । साकिरा युट्युब रेकर्डहरू तोड्ने ल्याटिन कलाकारहरूको प्रतिष्ठित सूचीमा सामेल छिन्, जसमा जे बाल्भिन, लुइस फोन्सी र डेडी यान्कीलगायत रहेका छन् । यो ब्रेकअपको बारेमा उनको पहिलो गीत भने होइन । उनको तीन महिनाअघि पनि बदला भावको एक हृदय विदारक गीत आएकी थिइन् ।उक्त गीतमा साकिराले पिकेको नयाँ कथित २३ वर्षीया नयाँ प्रेमिकाको बारेमा गाएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्