भद्रपुर, माघ २ । झापाका चर्चित फुटबल खेलाडी स्वर्गीय निर्मल बान्तवाको स्मृतिमा भद्रपुरमा जिल्लास्तरीय फुटबल प्रतियोगिता माघ ७ गतेबाट सञ्चालन हुने भएको छ ।

कलवलगुरी समाजको आयोजनामा भद्रपुर १० स्थित केन्द्रमोडको कलवलगुरी खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

आयोजक समितिले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिँदै माघ १४ गते समापन हुने प्रतियोगितामा झापाका ८ वटा टीमले भाग लिने बताएको छ ।
आयोजक समितिका अध्यक्ष बाबुराम पराजुलीका अनुसार प्रतियोगिता सम्पन्न गर्न ७ लाख २६ हजार रुपैयाँ खर्च हुने छ । जसमा प्रथम हुने टिमले ट्रफीसहित नगद १ लाख ५१ हजार, दोस्रो हुनेले ७५ हजार पुरस्कार पाउने छन् ।

आर्थिक स्रोत बान्तवा परिवार तथा खेलप्रेमीहरुबाट संकलन गरिने छ ।
नेपाली फुटबलका खेलाडी तथा प्रशिक्षक बान्तवाको २०७१ भाद्रमा निधन भएको थियो । निर्मल बान्तवा स्मृति फुटबल प्रतियोगिता नाम दिएको यस प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो । खेलाडीप्रतिको सम्मान कायम राख्न तथा खेल सफल पार्न भद्रपुरका सबै बासिन्दाको साथ अपरिहार्य रहेको बान्तवा परिवारका अभिभावक निसान्त बान्तवाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्