झापा, माघ २ । झापाको अर्जुनधारामा एक जनाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

अर्जुनधारा नगरपालिका– ५ स्थित फुलमती जुस फ्याक्ट्रीनजिकै अन्दाजी ३० वर्षका पुरुषको शव दिउँसो ४ बजेपछि फेला परेको हो ।

सडेको अबस्थामा पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले बताए । शवको प्रकृति हेर्दा त्यस्तो शंकास्पद नदेखिएको उनले जानकारी दिए । शवको सनाखत हुन सकेको छैन । शवलाई पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्