झापा, माघ ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीको नेतृत्व गर्दै सरकारमा जाने भएका छन् ।

सत्तारुढ दलबीच मन्त्रालय भागबण्डामा भएको सहमतिअनुसार राप्रपाले तीन मन्त्रालय पाउने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ र अरु दुई मन्त्रालय पाउने भएको हो ।

पार्टीको नेतृत्व गर्दै अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्रीको रुपमा सरकारमा जाने भएका हुन् । राप्रपाले सहरी विकास र खेलकुद मन्त्रालय दाबी गरेको छ । आफ्नो पार्टीले उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित सहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाउने सहमति भइसकेको राप्रपाका जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले बताए । उनले त्योसंगै थप एकजना राज्यमन्त्री समेत बन्ने भएको जानकारी दिए ।

राप्रपाका तर्फबाट लिङ्देनको नेतृत्वमा अन्य मन्त्री र राज्यमन्त्री हुनेमा बिक्रम पाण्डे , धु्रव प्रधान र दीपकबहादुर सिंहको चर्चा छ । थपिएका मन्त्रीहरुले आज दिउँसो १ बजे पद तथा गोपनियताको शपथ लिने पनि कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्